काठमाडौंः झुटा विवरण पेस गरि विभिन्न समयमा नेपाली नागरिकता लिएका दश जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा राहुल गुप्ता, भरत प्रसाद गुप्ता, ज्ञानमति देवी गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता,गोपाल गुप्ता,रामसुन्दर गुप्ता, राम प्रवेश गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता गरि दश जना रहेको बरिष्ठ प्रहरी उपरीक्षक मनोज केसीले बताए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले उनीहरूलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको बताएको छ । पक्राउ पर्ने अधिकांश ३० देखि ६० वर्ष उमेर समुहका रहेका छन् ।

शनिवार काठमाण्डौको शंखमुल, कलंकी, वागबजार, गोंगबु, बानेश्वर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरि नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको थियो । 

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपुरा थाना बेल्थरा रोड स्थायी घर भएका भारतीय नागरिकहरुको समूह नै रहेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । 

Photo (1) 2

पक्राउ परेका मध्ये राहुल गुप्ता, भरत प्रसाद गुप्ता, ज्ञानमती देवी गुप्ताले सिराहा जिल्ला, गोपाल गुप्ता,रामसुन्द गुप्ता, राम प्रबेश गुप्ताले रुपन्देही, भरत गुप्ता, मिना देवी गुप्ता, राजेश कुमार गुप्ता र स्नेह लता गरप्ताले बारा जिल्लाबाट नेपाली नागरिकता बनाएर गैरकानूनी रुपमा प्रयोग गर्दै आएका थिए । 

पक्राउ पर्ने सबै गुप्ताहरु दुई परिवार रहेको र उनीहरुमा पारिवारिक नाता सम्बन्ध भएको पनि देखिएको छ । 

उनीहरुले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नेपालको तराईका जिल्लाहरु सिरहा, बारा, पर्सा, रुपन्देही लगायतका स्थानबाट नेपाली नागरिकता लिएर नेपालमै व्यापार व्यवसाय गरि बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।   

Photo (1)

प्रहरीले उनीहरुबाट नेपाली नागरिकताको प्रमाणपत्र थान ७ थान, मतदाता परिचय पत्र ५ थान,मोबाइल फोन ९ थान, भारतीय चालक अनुमतिपत्र,भारतीय पासपोर्ट,आधारकार्ड लगायतका विभिन्न सामग्री समेत बरामद गरेको छ । 

उनीहरुलाई थप अनुसन्धान गरि कानून अनूसार कारबाही गरिने प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । उनीहरुले २०६२/०६३ पछि तराईका सिरहा,बारा र रुपन्देही जिल्लामा पुगेको घुम्ती नागरिकता वितरण टोलीबाट नागरिकताद लिएको खुलेको छ ।