काठमाडौंः अवैध रुपमा भारत लैजान लागेको ५४ तोला सुन र ८ तोला चाँदीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले नगद र गहनासहित ९० लाख बराबरको सामग्री नियन्त्रणमा लिएको हो । 

मोरङको बिराटनगर महानगरपालिका–१५बाट शनिवार दिउँसो विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले रानी नाकातर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भ्यानबाट सुन चाँदी सहित ९० लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ पर्नेमा चालक बिराटनगर–२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोदकुमार मुरारका र उनकी श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन । बिनोद व्यापारिक घरना दुगड ग्रुपका लेखापाल समेत हुन् । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भैरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए । 

प्रहरीले उनीहरुको साथबाट नगद सात लाख भारतीय रुपैयाँ समेत बरामद गरेको छ । 

4

प्रहरीले उनीहरूको साथबाट सुनको ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ थान ६ तोला, ५ ग्रामको विस्कुट २ वटा, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, एक ग्रामको सिक्का १ थान, ४८ ग्रामका सिक्का ८ थान, १० ग्रकमको सिक्का २ थान, कनौती ५.७८ ग्रामको दुई थान, तथा इयररिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरीले बताएको छ । 

त्यस्तै १७ सय १९.४४ गा्रमको चाँदीको ११ थान ढिक्का, बुनियाँ ९२.८० ग्राम २६८.३२ ग्रामको ७८ थान चाँदीको सिक्का पनि बरामद भएको छ । चारमुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिन्दुर राख्ने ५.४८ ग्रामको सिसी एक थान, कचौरा ३९७.८४ ग्रामको ६ थान, थाल २४१४.०८ ग्रामको ६ थान, चम्चा ३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, डिनरसेट ढोंगा ४ थान तथा मड्की ३७.८८ ग्रामको १ थान गरि जम्मा ५४ तोला सुन र ८ तोला चाँदी बरामद भएको छ । नेपाल न्यूज बैंकबाट