काठमाडौंः  प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुरमा सिंहले कपडा खोलेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । 

सभामुख देवराज घिमिरेले उनलाई बोल्न नदिएपछि उनले बैठकमा कपडा उतारेर विरोध जनाएका हुन्। सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।