काठमाडौंः पूर्व सञ्चारमन्त्री तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगमी वर्ष रोजगार सिर्जना हुने गरी बजेट ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा जारी ‘प्रि बजेट’ छलफलमा उनले बजेट उत्पादन केन्द्रीत मात्र नभई यथार्थपरक हुनु पर्नेमा जोड दिए ।  देशको आर्थिक स्रोत संकुचित भएको कारण देखाउँदै बजेट यर्थाथपरक हुनुपर्ने उनको तर्क छ । 

उनले भने ‘मुलुकलाई ‘पपुलिस्ट’ होइन, यर्थाथपरक बजेटको आवश्यकता छ ।’

प्रचुर सम्भावना रहेता पनि मुलुकमा विकासले गति नलिएको बताउँदै उनले आन्तरीक एकता स्थापित गर्न शान्ती प्रकृयालाई टुङ्गोमा पु¥याउनु पर्ने बताए । 

उनले भने,‘शान्ती प्रकृयालाई अन्त्य गरेर संकृणताभन्दा माथि उठेर राष्ट्रिय र आन्तरिक एकतालाई अझ मजबुत गर्न आवश्यक छ । अबको दश वर्षभित्र देशमा जुन साधन र स्रोत छ । त्यसको अधिकतम उपभोग गरेर विकासको चाहानालाई पूरा गर्नुको हामीसँगै विकल्प छैन् ।’  

मुलुक समृद्धिका लागि युवा पलायनलाई रोक्न आवश्यक रहेको उनको भनाई छ । मुलुकमा युवाको जनशक्ति उल्लेख्य रहेको हुँदा मुलुकले त्यसको लाभ लिनु पर्ने उनले बताए ।