काठमाडौंः नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नक्कली शरणार्थी प्रकरणको धन्दा  नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरु गरेको आरोप लगाएका छन् । 

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा उनले शरणार्थीको छुटेको विवरण तयार पार्ने काम नेपाली कांग्रेसका गृहमन्त्री बालकष्ृण खाँडको पालाबाट सुरु भएको आरोप लगाए ।

मन्त्री खाँडमा निर्णय गरी त्यहीबाट नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दा सुरु भएको उनको आरोप छ । 

उनले भने ‘अहिले एउटा घटना चर्चामा छ । नेकपा एमालेसँग ठोकिएर नक्कली भुटानी शरणार्थी प्रकरणको । को भुटानी शरणार्थी छुटेका छन्, उनीहरुको विवरण तयार पार्ने भन्नेबारे एमाले सरकारमा भएको बेला भएको नै होईन् । अहिले चर्चामा छ पैसा उठाएको भन्ने । त्यो विवरण तयार पार्ने काम नेपाली कांग्रेसका गृहमन्त्री बालकृष्ण खाँडको पालामा भुटानी शरणार्थीको छुटेको सूचि तयार पार्ने भनेर निर्णय गरे त्यहीबाट नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दाहरु सुरु भयो । जति बेला नेृपाली कांग्रसको नेतृत्वको सरकार थियो । त्यो बेला नै धन्दा सुरु भयो त्यहीबाट आज यो बेथिति सुरु भयो भन्ने प्रमाणित हुन्छ ।’

उनले नेकपा एमालेले नेपाली नागरिक गलत बाटोमा लाने र राष्ट्रघाती काम जीवनमा कहिले नगरेको जिकिर गरे ।  सत्यको आधारमा छानबिन गरेर दोषीलाई कार्वाहरु गर्न उनले आग्रह गरे ।