काठमाडौंः सर्वोच्चले, ढाकाकुमार श्रेष्ठमाथिको कारबाही रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसंग दुई करोड रुपैयाँ मागको अडियो बाहिरिएपछि रास्वपाले सांसद र पार्टी सदस्यबाट निष्कान गरेपछि श्रेष्ठले आफूमाथिको कारबाही गैरकानुनी भएको दाबीसहित सर्वोच्चमा रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

Mid Shot

सोमबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वन नगर्न र अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। रास्वपाको केन्द्रीय समितिको निर्णय दिएपछि सभामुख देवराज घिमिरेले उनी पदमुक्त भएको सूचना जारी गरेका थिए।