काठमाडौंः नेकपा एमालेको सचिवालय बैठकले, सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउन निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग गुरुङले, सचिव रायमाझिले अनुसन्धानलाई सघाउनु पर्ने निर्णय गरेको जानकारी दिए ।
एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्ने ठहर पार्टीले गरेको उनको भनाई छ ।
उनले तत्काल रायमाझीलाई कारवाही गर्नेबारे भने कुनैपनि निर्णय नभएको उनले बताए ।
उनले भने ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको छ र ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’