काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई  बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

उनलाई काठमाडौं प्रहरी परिसर टेकु ल्याइएको सो कार्यालयका प्रमुख दानबहादुर कार्र्कीले जानकारी दिए ।  पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भनेबारे निर्णय लिने उनले जनाए । 

सोही  प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १० भन्दा बढी व्यक्ति पक्राउ यसअघि नै पक्राउ परिसकेका छन् । उनिहरुकमाथि प्रहरीले  अनुसन्धान गरिरहेको छ ।