काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरु पक्राउ पर्ने क्रम तीब्र बनेको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको केही समय नवित्दै उनका सहयोगी पनि पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले  खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई काठमाडौंको जडीबुटीबाट पक्राउ गरेको हो । 

हालसम्म प्रहरीले यस  प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरिसकेको छ । 

यस प्रकरणमा प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सांसद रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । त्यस अघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेको थियो । 

आज थप दुई जना पूर्व गृहमन्त्री खाँण र उनका निजी सहयोगी केसी पक्राउ परेपछि पक्राउ पर्नेको संख्या १२ पुगेको हो । 

पक्राउ पुर्जी जारी भइसकेका संघीय संसदका सांसद एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छ । मंगलबार मात्र उनको ललितपुरको सातदोबाटोस्थित निवासमा प्रहरीले छापा मारेको थियो ।