काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष एवं सांसद रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमप्रति धन्यवाद व्यक्त गरेका छन् ।

बुधवार सामाजीक संजाल फेसबुक मार्फत उनले उक्त धन्यवाद दिएका हुन् । 

सामाजिक सञ्जालमा स्टाटस अपलोड गर्दै उनले भनेका छन्,‘धन्यवाद नेपाल प्रहरी । धन्यवाद गृहमन्त्रीज्यू । धन्यवाद प्रधानमन्त्रीज्यू । यो सिलसिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।’

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेसँगै उनले सरकारलाई धन्यवाद दिएका हुन् ।