काठमाडौंः नेपाली कांगेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसका ३० भन्दा बढी नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका छन् । 

बुधबार गृहमन्त्रालय पुगेर उनीहरुले श्रेष्ठलाई धन्यवाद दिदै नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्य राज्यविरुद्धको अपराध भएको बताए । उनीहरुले यस प्रकरणमा संलग्न नाइकेहरूको थप पहिचान गरी गिरफ्तारीमा पनि अघि बढ्न आग्रह गरे । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री श्रेष्ठले हालसम्म हासिल गरेको सफलताको उनीहरुले प्रशंसा समेत गरे ।  

कांग्रेस नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा.गोविन्द पोखरेल सहितका ३० भन्दा बढी कांग्रेस नेताहरू उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए । 

346267886_1499839880421881_8603182585150131659_n