काठमाडौंः नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठक अनिर्णीत बनेको छ ।  

बुधबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा पार्टीको भातृ संगठन र विभाग गठनको विषयमा छलफल केन्द्रित रहेको ंपार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।  

उनले खाँणको विषयमा अनुसन्धानकै क्रममा रहेको र अनुसन्धानमा सहयोग मात्र पु¥याईरहेको भन्दै पार्टीले हालका लागि उनको बारेका केहि निर्णय नगरेको बताए ।

उनले भने ‘टोपबहादुर रायमाझीको हकमा उहाँ त पार्टीमा उपस्थिति नै नभएको अवस्था हो । पूर्जी काटिएको अवस्थामा  पनि फरार हुनुभययो भनेर पार्टीले निर्णय ग¥यो बालकृष्ण खाणको सन्दर्भमा उहाँ आफैले  अनुसन्धानमा सहयोग गर्नुभएको छ। त्यो अझै अनुसन्धान परिपक्व होस, अनि पार्टीले निर्णय गर्छ। ’

उनले अनुसन्धान परिपक्व नभई निष्कर्षमा पुगेर पार्टीले दोषी करार जस्तो निर्णय गर्न नमिल्ने बताए ।