काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्वन गर्ने÷नगर्ने बिषय टुंगो लगाउन आज(बिहीवार) नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दैछ । 

बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । खाण पक्राउ परेपछि काँग्रेसको पदाधिकारी बैठक बुधवार पनि बसेको थियो । तर, बैठकले खाणलाई निलम्वन गरेन । अनुसन्धान जारी भएको र निश्कर्षमा पुगि नसकेको हुँदा खाण विरुद्ध कुनै निर्णय नभएको हो । 

खाण बुधवार बिहान बौद्धको कुमारीगालस्थित ‘फ्लाट’बाट पक्राउ परेका थिए । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ ।