काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्र्दै श्रद्धाञ्जली दिएका छन् ।
बिहीवार सामाजीक सञ्जालबाट उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘जनआन्दोलको दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु ।’
आन्दोलको क्रममा प्रहरीको गली लागेर घाईते भएका मुकेश १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा अर्धचेत अवस्थामा रहेका थिए । मुकेशको ३२ वर्षको उमेरमा बुधवार राती निधन भएको हो ।
उनको आजै नेवारी परम्परा अनुसार अन्त्यष्टी गरिने मुकेश फाउण्डेसनका अध्यक्ष हिरा शर्मा नेपाालले बताए ।