काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्रीएवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझी पक्राउ परेका छन् ।
शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि सम्पर्कविहीन रहेका पूर्वमन्त्री रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले बुढानिलकण्ठबाट पक्राउ नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतले भन्यो ‘केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिनु भएका साथिहरुले नियन्त्रणमा लिनुभएको हो ।’
यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुलाई जिल्ला अदालत उपस्थित गराइएको थियो ।