काठमाडौंः नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनिहरुलाई सबैभन्दा पहिले कारवाही गर्नु पर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनिहरुलाई एक नम्बरमा कारवाही गर्नुपर्ने र त्यसका लागि एमाले आफै अघि सर्ने बताएका छन् ।
सत्य, तथ्य छानबिन गरेर कुनै दबाब र प्रभावमा नपरि भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने र यसमा नेकपा एमालेले सधैँ साथ दिने उनको भनाई छ ।
‘नेकपा एमालेको एउटा स्पष्ट धारणा सत्य तथ्य छानबिन गर्ने कुरामा कुनै दबाब र प्रभावमा सम्बन्धित निकाय पर्नु हुन्न, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । एमाले नै पहिलो पार्टी हो जले भ्रष्टाचारको कुरा अगाडि ल्याएको हो ।’ उनले भने, ‘नेकपा एमालेले भ्रष्टाचारको हरेक केशमा साथ दिन्छ । एमालेको नाममा कोही लुकेर बसेको छ भने उनिहरुलाई एक नम्बरमा कारवाही गर्नुपर्छ ।’