काठमाडौंः सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सातौ राष्ट्रिय महाधिवेशनले ठाकुर भण्डारीलाई केन्द्रिय अध्यक्ष निर्वाचित गरेको छ । बिहिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको महाधिवेशनले उनलाई केन्द्रिय अध्यक्षमा निर्वाचित गरेको हो । 

भण्डारी यसअघिको कार्यकालमा सचिव पदमा रहेर सफल कार्य अनुभव हासिल गरेका सामुदायिक वन अभियानकर्मी हुन् । 

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिर्ख बहादुर शाहीलाई निर्वाचित गरेको छ । त्यसैगरि महासंघको केन्द्रिय महासचिवमा  पार्वता गौतम निर्वाचित भएकी छन् ।  सचिवमा डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपाने विजयी भएका छन् । 

349083333_166583479706624_5266016259119126066_n