काठमाडौंः कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसँग अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले भेटवार्ता गरेकी छिन् ।

मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत वोल्क बीच भेटवार्ता भएको हो ।

उक्त भेटघाटमा दुई देशबीचको दैत्य सम्बन्ध देखि कृषि तथा पशुपन्छीको क्षेत्रका विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा मन्त्री भुसालले अष्टे«लिया सरकारले नेपाललाई वन, कृषि, पशु स्वास्थ्य, पशु विकास, वागवानी, माटो व्यवस्थापन, जलाधार संरक्षण लगायतको क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे । 

साथै मन्त्री भुसालले जनशक्ति क्षमता विकासमा अष्टे«लिया सरकारले गरेको काम प्रशंसायोग्य रहेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताए ।

नेपाल र अष्ट्रेलिया बीच व्यापार सम्बन्ध रहेको, कृषिजन्यवस्तुहरु आयात भइरहेको र नेपालबाट पनि कार्पेट लगायतकावस्तुहरु निर्यात भइरहेको जनाए । नेपालको विकासका लागि कृषि, वन लगायतका स्रोतमा थप सहयोगको आशा रहेको पनि मन्त्री भुसालले राजदूतसँग बताए ।

bhetghat photo 2

भेटमा राजदूत वोल्कले अष्ट्रेलिया गएर ज्ञान, सीप र अध्ययन गरेका धेरै जना नेपाल सरकारको कर्मचारीमा कार्यरत रहेको भन्दै खुसी व्यक्त गरिन् । अगामी दिनमा थप २१ जना व्यक्तिलाई उच्च शिक्षाको लागि छात्रवृत्ती प्रदान गर्ने तयारी भएको समेत उनले बताइन् ।

अष्ट्रिेलियन काउन्सिल एग्रीकल्चर रिसर्चबाट वातावरण परिवर्तन र यसबाट उत्पन्न हुने समस्यालाई समाधान गर्नका लागि विभिन्न क्रियाकलाप भएको उनले जनाइन् । कृषि र सिंचाईको क्षेत्रमा समन्वयात्मक रुपमा अनुसन्धान गरी यसबाट आउने नतिजाबाट नेपाललाई फाइदा हुने उनले बताइन् ।

दुई देश बीचको सहकार्य मात्र नभई निजी क्षेत्रसँग पनि सम्बन्ध प्रगाढ बनाउनुपर्ने र यसले कृषिवस्तुको निर्यातमा सहजिकरणमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् । हजारौं नेपालीहरु अष्टे«लिया रहेको र त्यहाँ नेपाली कृषिजन्य उत्पादन पु¥याउन सके राम्रो हुनेमा उनको जोड थियो ।