काठमाडौंः दसनामी तिलक पुरी ( मैमान र मेघु ) रिब्दुंग बादेलका पुरीहरुको ऐतिहासिक साझा वंशावली प्रकाशन भै एक समारोहका बीच विमोचन गरिएको छ ।
दशनामीहरुको सर्वोच्च संस्था शंकराचार्य मठ पशुपतिका डा. स्वामी केशवानन्द जी महाराजबाट वंशावली विमोचन भएको हो ।मैमान- मेघु वंशावली प्रकाशन समिति काठमाण्डौले तयार पारेको समितिका संयोजक टीकाराम पुरीले बताए ।

मैमान-मेघु पुरी ( रिब्दुंङ -बादेल) का सन्तानहरुको तथाङ्क राख्नको लागि पहिलो पटक वंशावली तयार पारिएको पुस्तक प्रकाशन समितिका संयोजक टीकाराम पुरीको भनाई छ । आफ्नो सन्तान कहाँ कहाँ छन भन्ने समेत सबैलाइ जानकारी हुन छोडेको भन्दै वंशावली प्रकाशन गरिएको हो संयोजक पुरीले भने ।
356548872_574302828241711_3808769373120252984_n

ऐसेलुखर्क वडा नम्बर ५ रिब्दुंग र वडा नम्बर २ बादेलका २ दाजुभाई मैमान पुरी २ श्रीमती जोगमाया र मनयामा र मेघु पुरी र रुपमायाको वंशावली विमोचन गरिएको हो । कार्यक्रम प्रकासन समितिका सदस्य तथा अधिवक्ता महेस कुमार पुरीले आफ्नो वंशावली प्रकाशन भएकोमा खुसी ब्यक्त गरेका थिए। कार्यक्रममा विष्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी लगायतले शुभकामना मनतब्य राखेका थिए ।
छुटेर बसेका मैमान र मेघु पुरूको सन्तान शाखालाई पुनर्मिलन गराउदै लैजाने समितिका सदस्य रामप्रसाद पुरीले बताए । आफ्नो दाजुभाइलाई समेट्दै जाने उनको भनाइ रहेको थियो ।