काठमाडौंः सांसद चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतको आदेश मान्दिन भन्न नमिल्ने बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठंकमा सांसद केसीले बजेटले भेदभाव र अन्याय गरेको पनि बताए ।
उनले भने ‘बालेनले केही सही गर्यो भन्दैमा अदालतको निर्णय त मान्दिन भन्न भएन नि । नगरप्रमुखले त्यसो भन्न मिलेन नि । त्यसो भए कसले मान्नी ? ’
जे पनि गर्न मिल्ने नेपालमा बजेट संशोधन गर्न मिल्दैन भन्नु अचम्मको पक्ष भएको भन्दै बजेट भेदभाव र अन्यायले भरिएको बताए ।
उनले भने ‘ मेरो कुलो बनेन, स्कुल बननेन, बाटो बनेन, भनेर हैरान पारेका छन् । यहाँ भान्सेहरुले आआफ्नो क्षेत्रमा बजेट राखे । जसको शक्ति, बल छ । उसले आफ्नो क्षेत्र, जिल्लामा लगानी गर्छ । जहाँ नियमपूर्वक काम गर्न पनि छ । त्यहाँ उनीहरुले भेदभाव गर्छन् । बजेट पास हुन कठिन नै छ । बजेटको निहुँमा अहिले कांग्रेस र एमाले पनि एक ठाउँमा भएका छन् । ४ ÷ ५ महिना यिनीहरु एक अर्कालाई सिध्धाउनेमा लागे । अब यी साना पार्टीले रजाई गरे हामीले तिनीहरुले दिएको मात्र खाएर बस्न पर्ने भयो भनेर फेरि उनीहरुको चोचो मोचो मिलाई राखेका छन् । त्यसकारणले के गर्छन् भनेर भन्न सकिन्न । ’
सांसद केसीले नेपालमा देशको सार्वभौम सत्ता विक्रि गरेर खानेहरु रहेको जिकिर गर्दै छिमेकीको रणनीति बुझेर काम गर्नु पर्ने बताए ।
उनले भने ‘ यहाँ देशको सार्वभौम सत्ता अखण्डता विक्रि गरेर खाई राखेका छन् । अहिले पनि अङगीकृतबाट जन्मेका लाखौलाई वंशज मात्र बनाएनन् । राष्ट्रपति,यो पार्टी, यी सरकारहरु मिलेर त्यसमा त बालेन शाहको आवाज सुनिएन त ? बालेनले अदालतको निर्णय मान्दिन भनिराखेका छन् । अदालतको निर्णय त मान्न पर्यो नि । भारतले त्यति मात्र भन्दैन । उसले त नेपाललाई सिक्किम बनाउने योजना साथ चलिरहेको छ भूगोल कति कब्जा गरिरहेको छ । ’