काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्षसम्म सँगै हिड्ने बताएका छन् ।
सोमबार धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले पाँच वर्षसम्म गठबन्धन कायम रहने बताए ।
उनले भने ’अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’
‘ १८ औं शताब्दीमा कार्ल माक्र्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफु आफ्नो उदेश्यमा अगाडि बढ् ! भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको छ ’ दाहालको थप भनाइ थियो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफुले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
आफुले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत उनको थियो ।