काठमाडौंः सरकारले विभिन्न सात स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले, रास्कोट नगरपालिका ६ कालीकोट, नरहरिनाथ गाउँपालिका २ कालीकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाइ नगरपालिका ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा उनलाई दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदुरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय भएको पनि शर्माले जानकारी दिइन् ।