काठमाडौंः युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् । 

तेस्रो प्रधानमन्त्री कप राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको उद्ध्घाटन समारोहमा उनले खेल क्षेत्रमा राजनीतिकरण गर्न नुहने भन्दै खेलाडीहरुको विकास गर्नको लागि व्यक्तिगत स्वार्थ र दलीय विचारलाई तल राखेर अगाडि बढ्नु पर्ने बताए । 

उनले भने, यो खेल क्षेत्रमा राजनीतिकरण नगरिकन समग्र खेलाडीहरुको वृद्धि विकासका लागि खेलाडीहरुलाई वातावरण दिएर अगाडि बढाउनको लागि व्यक्तिगत स्वार्थ र हाम्रो दलीय विचारहरुलाई तल राखेर हामी अगाडि बढ्न सक्ने अवस्थाको निमार्ण गर्नुपर्छ । ’ 

मन्त्री लिम्बूले देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नको लागि युवाहरुको खेलमा मात्रै होईन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि सशक्त उपस्थिति हुनु आवश्यक भएको बताए ।

उनले भने, खेल प्रवद्र्धनको लागि मन्त्रालयले विद्यालय स्तरमा गएर खेल शिक्षा दिएर बजेट पनि छुट्टाएको अवस्था छ  । युवा खेलमा मात्रै होईन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सशक्त उपस्थिति हुनु आवश्यक छ त्यसो भयो भो मात्रै हो देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य हुन सक्छ । 

यस्तै, उनले खेल क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोड्न सक्यौ भने आर्थिक गतिविधि बढ्दै जाने र देशको अर्थतन्त्र सुदृढ हुन सक्ने बताए । 

उनले भने, यो खेल क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोडेर सक्यौ भने आर्थिक गतिविधि हुन्छ, आर्थिक गतिविधि बढ्दै गयो भने देशको अर्थतन्त्र सुदृढ हुन सक्छ । त्यसकारण हामीले खेल्नका लागि खेल मात्रै होईन यसलाई पर्यटन क्षेत्रसँग जोडेर विभिन्न मुलुकबाट मानिसहरु आउँने वातावरण निमार्ण गर्न खेललाई पर्यटन क्षेत्रसँग जोडेर अगाडि बढ्नु पर्छ । 

उनले खेल क्षेत्रको विकासको लागि निजी क्षेत्रहरुको पनि भूमिक आवश्यक भएको हुदाँ निजी क्षेत्रहरुलाई पनि स्थान दिएर अगाडि बढ्नु पर्ने बताए ।