काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनसँग बहुमत भएकाले बजेट पारित हुनु स्वभाविक भएको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकबाट बजेट पारित भए पश्चात सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै अध्यक्ष ओलीले ९९.९९ बाट ५३ प्रतिशतमा मत झर्नु प्रधानमन्त्री माथिको अविश्वास भएको टिप्पणी गरे ।
उनले भने,‘गठबन्धनसँग बहुमत थियो बजेट पारित हुनु स्वभाविक हो । हाम्रो मत आफ्नो स्थान देखायौं ९९.९९ बाट ५३ प्रतिशतमा झर्यो । प्रधानमन्त्रीको विश्वास भन्ने त्यहाँ देखियो ।’