काठमाडौंः नेपाली कांग्रेसमा सांसद विनोद चौधरीले बजेटमा संसोधन गर्नु पर्ने केहि कारण नदेखेको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकबाट बजेट पारित भए पश्चात सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले देशको विकास बजेटबाट मात्र नभई मन्त्रालयहरुले कुन रुपमा आफूलाई सञ्चालन गर्दछन् भन्ने कुरामा पनि भर पर्ने भएकाले संसोधन नै गर्नुपर्ने कारण नभएको बताएका हुन् ।
उनले भने, ‘बजेट संसोधननै गर्नु पर्ने देखिन् । बजेटलाई विवादमा ल्याएर अहिलेसम्म नभएको घट्नालाई दोहोराउनु पर्दैन । देशको विकास बजेटबाट मात्र हुँदैन् । बिभिन्न मन्त्रालयहरुले कुन रुपमा आफुलाई सञ्चालन गर्दछन् । विकास निर्माणको कामममा कसरी काम गर्दछन् । त्यहि नै विकास हो ।’
उनले जति नै कोसिस गरेता पनि सबैलाई चित्त बुझ्ने बजेट ल्याउन नसकिने तर्क गरे ।