काठमाडौंः पछिल्लो केही दिन यता प्रतिदिन जस्तो राष्ट्रसेवक कर्मचारीहरुमाथि बिभिन्न बहनामा भौतिक आक्रमण बढ्न थालेको घटना प्रति एकीकृत सरकारी कर्मचारी संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनले घटनाको घोर भत्र्सना गर्दै आपत्ति प्रकट गरि दोष उपर कडा कानूनी कार्वाहीको माग पनि गरेको छ ।
संगठनका केन्द्रिय महासचिव प्रकाश राईले सुक्रबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कार्यस्थलमै हातपात भएको घटना सेउाँन नपाउँदै सिन्धुलीको गोलन्जोर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भुप्रसाद पौडेलमाथि कार्यस्थलमै सोही गाँउपालिका वडा नम्बर २ का वडाअध्यक्ष दौलत कार्कीले गालीगलौज सहित हातपात गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
कार्यस्थलमै दिनदहाडै गाली गलौज हुन र हातपात हुन गम्भिर फौजदारी अपराध भएकाले सोही अनुसार दोषी कडा कार्वाही गर्न सम्बन्धित निकायको ध्यानकर्षण गराएको महासचिव राईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । संगठनले विज्ञप्ती मार्फत यस प्रकारको घटनाले दैनिक कार्यसम्पादनमा असर पर्ने भएकाले कार्यस्थलमा बिषेश सुरक्षाको व्यवस्थ ागर्न संगठनले सरकारसंग माग समेत गरेको छ ।