केराबारीः नेशनल लाइफ इन्स्योरेन्सले मृतकका परिवारलाई मृत्युदावी अन्तरगत सोमबार एक कार्यक्रम गरी राहत रकम भूक्तानी गरेको छ । 

कम्पनीमा बीमा गरी बीमा समाप्ति अगावै असामयिक निधन भएका विमित केराबारी २ का नविन लिम्बूको श्रीमति जै माया लिम्बूलाई मृत्युदावी अन्र्तगत ७ लाख १९ हजार ६ सय ८७ रुपैया बीमालाभ भुक्तानी गरिएको हो । केराबारी एजेन्सी कार्यालयमा सोमबार लिम्बूलाई कम्पनीका बरिष्ट व्यवसाय प्रबन्धक तथा केराबारी एजेन्सी प्रमुख किशन शाहीले सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । 

केराबारी २ सिंहदेवीका विमित लिम्बुले २०७८ बैशाख ९ गते बीमाङ्क ७ लाख ५० हजारको अमृत श्री आजिवन बीमा गरेका थिए । ७८ हजार ३ सय १२ रुपैया प्रिमियम जम्मा गरी बीमा सुरु थिए । गएको स्थानीय तहको निर्वाचनमा केराबारी २ सिंहदेवीमा नेपाली कांग्रेसबाट वडासदस्यमा उमेद्धारी दिएका थिए ।

निर्वाचन प्रचारप्रसारको क्रममा लिम्बूको २०७९ जेष्ठ १४ मा निधन भएको थियो । बीमा गरेको १ वर्षपनि पुरा नभई असामयिक निधन भएपछि बीमा पोलिसी अनुसारको रकम हस्तान्तरण गरिएको एजेन्सी प्रमुख शाहीले बताए ।