काठमाडौंः मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जका प्रमुख (मेयर) राजेशमान सिंहको नैतिक चरित्रमा प्रश्न उठेको छ।
स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीको उम्मेदवार बनी लोकप्रिय मत ल्याएका र सार्वजनिक रुपमा काम गरेको प्रचार गरे पनि उनको भित्री चरित्र फरक रहेको आरोप लागेको हो।
महिला सुरक्षाका लागि चर्का कुरा गर्ने उनको ‘अतिरिक्त अफेयर’को चर्चाले प्रश्न खडा गरेको छ।
कामको शिलशिलामा भेट भएकी मोरङ स्थायी घर भई इटहरी बस्दै आएकी एक महिलाप्रति उनको मोहले सीमा नाघेका परिघटना र परिणामहरूबारे चर्चा विवरण फेला परेका छन्।
तीन महिनाअघि मात्र वीरगञ्ज महानगरपालिकास्थित कार्यकक्षमा भेट भएकी ति महिलासँग नम्बर आदानप्रदान गरी सामाजिक सञ्जाल फेसबुकमा साथी बन्छन् सिंह।
घर–परिवार भएकी ति महिलालाई बिहान ‘गुडमर्निङ’ र राती ‘गुडनाइट’को म्यासेजका ओइरो मात्र होइन, एकोहोरो रुपमा म्यासेज र कल गर्ने काममा सिंह पुलकित भएको बताइन्छ।
बिहान ‘गुडमर्निङ’, राती ‘गुडनाइट’ भनी महिलालाई म्यासेजको बर्षा गर्ने सिंहले कल र एसएमएसको बाढी बगाउन थालेपछि ति महिलाले पनि प्रतिक्रिया दिन सुरु गर्छिन्।
बिहान होस् कि बेलुका वा राती, वारम्बार उनीहरु मोवाइल, ह्वाटसएपमा बोल्न थाल्छन् र भिडिओ कल सुरु हुन्छ। बोल्दै जाँदा एकअर्काप्रति आकर्षित हुन्छन्। ‘भेटेको १५ दिनमा नै सिंहले करिव २ लाख ५० हजार पर्ने आइफोन प्रो म्याक्स मोवाइल ति महिलालाई उपहार पठाएको स्रोतले जनायो। महिलालाई अझ प्रभावित बनाउन र आकर्षणमा तान्नका लागि बारम्बार गरेर करिब ३ लाख रुपैँया समेत नबिल बैंकको खातामा पठाउँछन्’, मेयर सिंहनिकट स्रोतले भन्यो,‘यत्रो साह्रोचाहिँ देखिएको थिएन।’
ति महिलाको आकर्षणमा लिप्त भएका सिंह जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेट्ने बाहनामा काठमाडौं आउँछन्। तर, उनी काठमाडौं आउनुको खास अर्थ ति महिलासँग भेट गर्ने उद्देश्य रहेको कतिपय प्रमाणले पुष्टि गर्छ।
उनले ४ मे २०२३ का दिन साँझ सवा ७ बजे विराटनगरबाट काठमाडौंका लागि ति महिलाको टिकट बुद्ध एयरमा गरेका थिए। विमानस्थलमा आए पनि घर परिवारले चाल पाएका कारण काठमाडौं आउन नसक्ने खबर सिंहलाई ति महिलाले दिएपछि उत्साह नै चुर्लुम्म हुन्छ।
यति मात्र होइन सोही राती ति महिलाले सिंहलाई फेसबुक, ह्वाट्सएपदेखि सबैतिर ब्लक हान्छिन्।
तनावमा रहेका सिंहले महिलाको अर्को नम्बर पत्ता लगाएर फेरि फोन गर्न थाल्छन् र अर्को ह्वाटसएप राख्न दबाब दिएअनुसार महिलाले त्यसै गर्छिन्। चार दिनपछि घरको श्रीमानले अरुसँग बोलेको थाहा पाउनु भयो भन्दै पुन सिहंलाई ति महिलाले ब्लक गर्छिन्।
‘ति महिलाप्रतिको आकर्षण र भोकले छटपटिएका सिंह यतिमा कहाँ शान्त हुन्छन् र ? महिलाको छोराको फेसबुकमा म्यासेज गर्न थाल्छन् अनि बोल्न दबाब दिन्छन्। महिलाले पुन त्यो फेसबुकमा समेत सिंहलाई ब्लक गर्छिन्’, समाचार स्रोतले भन्यो।
सिंहको ति महिलाप्रतिको यो मोहको कानेखुसी उनकै सचिवालयमा समेत हुने गरेको छ। यसको अर्को दरिलो प्रमाणचाहिँ सिंह र ति महिलाबीच ५ दिनमा नै मोबाइलमा मात्र ४० पटक भएको कुराकानीको रेकर्ड हो, जुन सुरक्षित छ (कल डिटेल्सको विवरण सुरक्षित छ)। यसबाहेक सामाजिक सञ्जालका अन्य माध्यममा बेहिसाब वार्ता भएको पनि पत्ता लगाइएको छ।
यस विषयमा मेयर सिंहले खासै प्रतिक्रिया दिएका छैनन्। उनले बीरगञ्ज आउनुस् अनि थाहा हुन्छ भन्ने प्रारम्भिक प्रतिक्रिया दिए। दोस्रो पटक लिइएको प्रतिक्रियामा उनले कुनै उपहार नदिएको र रकम समेत नपठाएको दाबीका साथै, यस प्रकरणमा फसाउन खोज्नेबारे आफूलाई थाहा भएको टिप्पणी गरे। उनले भने,‘मेरो चरित्रलाई बदनाम गराउन खोजिँदैछ, मलाई तपाईका जस्ता प्रश्न अरुले पनि गरिरहेका छन्।’
सिंहले यस्तो टिप्पणी गरे पनि कतिपय प्रमाणले उनको नैतिक चरित्रमा भने प्रश्न उठाउन सक्ने आधार खडा गर्छ।