काठमाडौंः रंगिला हर्कका कारण विवादमा तानिएका उपसचिव डमरु निरौंला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएका छन् ।
कार्यालयको क्वार्टरभित्रै एक महिलासँगको अश्लील क्रियाकलाप सार्वजनिक भएपछि विवादित बनेका झापा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला संघीय तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।
गत साउन १३ गते गते सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन् पत्र काटेको थियो । प्रमुख प्रशासकीय अधिकृत निरौलालाई यसअघि केही कुरा बुझ्न भन्दै मन्त्रालयमा बोलाएको थियो ।
विगतमा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएका बेला पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका निरौला पाँच वर्षअघि झापामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला उनी जग्गा किर्ते काण्डमा संलग्न भएको पाइएको थियो ।
उनै निरौलालाई सामान्य प्रशासनले २० जना उपसचिवहरुको सरुवा गर्दा सामान्य प्रशासनको जगेडामा तानेर उक्त ठाउँमा तारकेश्वर नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।ईकर्मचारीबाट