काठमाडौंः पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विकासको ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाएका छन् ।
आईतबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपाल दास्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको बजेट,नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताको आधार अघि बढ्न नसकेको बताए ।
सरकार देशका उत्पादन र कृषिलाई अगाडी बढाउँने कुनै ठोस् नीति लिएर अगाडि बढ्न नसकेको भन्दै उनले हिजोकै नवउद्दारवादी चिन्तनको धरातलबाट दौडीरहेको टिप्पणी गरे ।
उनले भने, ‘मानीसको जीवन झन झन संकटमा पर्दै गएको छ । देशका उत्पादनलाई कसरी बढाउँने कृषिलाई कसरी अगाडी बढाउँने यो कुरामा सरकारले कुनै ठोस् नीति लिएर अगाडि बढ्न सकेको छैन् ।
परम्परागत विधिमा नै छ । अहिलेका जुन नीति र कार्यक्रम छन् । बजेटहरु आएका छन् नयाँ केहि देखीन हिजोकै नवउद्दारवादी चिन्तन नै हो । त्यसकैं धरातलबाट नै सरकार दौडीरहेको छ ।’
उनले जनताले कुनै पनि पार्टीलाई विश्वास गर्न नसक्ने अवस्था आएको भन्दै देशमा राजनीति अस्थिरताको चक्र सुरु भएकाले जनतामा अविश्वास प्रकट भएको तर्क गरे।
उनले भने, ‘हाम्रो देशमा राजनीति अस्थिरतरताको दौड चक्र सुरु भएको छ । पछिल्लो चुनावमा नेपाली जनताले माथि संघीय संसदमा मात्र होईन सबै प्रदेश संंसदहरुमासमेत कुनै पनि एउटा पार्टीलाई समेत विश्वास गर्न सक्ने स्थिति बनेन यो जनतामा प्रकट भएको अविश्वासको चरम अवस्था हो ।’
समाजमा दलाल पुँजीवाद विचौलीयाहरु, भ्रष्टाचारी र तस्करहरु हावी भएको उनको भनाई छ ।