काठमाडौंः एशिया कपमा नेपालविरुद्ध पाकिस्तानले चौथो विकेट गुमाएको छ । २७.५ ओभरमा आगा सलमानलाई कुशल भुर्तेलले सन्दीप लामिछानेको बलमा क्याचआउट गरेका हुन् । यतिबेलासम्म पाकिस्तानले १ सय २४ रन बनाएको थियो । सलमानले केवल ५ रनमात्रै बनाएका थिए ।
त्यसअघि दिपेन्द्रसिंह ऐरीले मोहम्मद रिजवानलाई रनआउट गरे । रिजवानले ४४ रन बनाएर क्रिज छाडेका हुन् । त्यसअघि कप्तान रोहित पौडेलले इमाम उल हकलाई रनआउट गरेका थिए ।
छैटौं ओभरको पहिलो बलमा आसिफ शेखले करन केसीको बलमा फकर जमानलाई क्याचआउट गरेका थिए ।