काठमाडौंः निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको वाकाथन तथा ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन् ।संस्थाको ५० औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ पाल र महिलातर्फ बुढाले स्वर्ण पदक हात पारे । 

पालले निर्धारित दुरी १७ मिनेट ५० सेकेन्डमा पार गरे । पुरुषतर्फ सञ्जय श्रेष्ठ १८ मिनेट १३ सेकेन्ड सहित दोस्रो र श्रीकास राई १८ मिनेट ३५ सेकेन्ड सहित तेस्रो भए । 

rammaya

महिलातर्फ बुढाले निर्धारित दुरी २१ मिनेट ५० सेकेन्डमा पुरा गरिन् । दोस्रो भएकी पूर्णलक्ष्मी न्यौपानेले २१ मिनेट ५७ सेकेन्ड र तेस्रो भएकी सिर्जना पाण्डेले २३ मिनेट ०७ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । दुवै स्पर्धाका स्वर्ण विजेताले मेडल सहित समान १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता खेलाडीलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, अर्थमन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरे लगायतले पुरस्कृत गरेका थिए ।