काठमाडौंः चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामा डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् । दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न हौसला बढाउदै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।