काठमाडौंः मित्र राष्ट्र बंगलादेशमा यही सेप्टम्वर २२ देखि शुरु हुन गईरहेको    2Nd ivitational Karate Championship–2023  मा सहभागी हुन नेपाली कराते टोली त्यस तर्फ मंगलबार प्रस्थान गरेको छ ।उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता अन्तराष्टिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ’ ईश्वर’ ले गर्नेछ भने टिम कोचमा आर.बि गुरुङले भुमिका निर्वाह गर्नेछ ।

उक्त प्रतियोगितामा –५५ किलोमा बुद्धीमान माझी, –६० किलोमा बिर बहादुर कुमाल, –६७ किलोमा बिजय रिमाल र – ७५ किलोमा अभिषेक वाईवा ले प्रतिस्पर्धा गर्नेछन । त्यसैगरि जुनियर ईभेन्टस तर्फ –५५ किलोमा नितास माझी ले प्रतिस्पर्धा गर्नेछ भने चिल्ड्रेन ईभेन्टसमा पुरुष ९–१० बर्षमा शुसान्त खडकाले ,११–१२ बर्ष पुरुषमा कुशल खत्री,१२–१३ बर्षमा शिद्धार्थ खनाल,र ११–१२ बर्ष महिलामा प्राश्ना ढकाल ले प्रतिस्पर्धा गर्नेछ ।

उक्त कराते टोलीलाई सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड) का सचिवालय प्रमुख एवम् नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा पुर्व संबिधान सभा सदस्य सन्तुकुमार दराई ( परवाना) ले एक बिशेष कार्यक्रम बिच बिदाई गर्नुभयो । त्यसैगरि उक्त टोलीको अफिसियल तर्फ बिजय कुमार बस्नेत गणेश ढकाल,पुष्पराज गिरि र ऐटन कुमार मल्ल रहेका छन ।कराते टोली सोमवार स्वदेश फर्कने छ ।