आशा छ , तिमी हडबडाएको छैनौ होला ।

हेरन परिस्थितीले भनौ या जवानीमा भौतिक सुविधाको लालचताले , तिमी गुञ्जिने मठ, मन्दिर , तिम्रो ॐकार ध्वनी

गुञ्जिने डाँडा काँडा हावा पानी छोडेर सयौं समुन्द्र पार गरी पश्चिमा मुलुक पसेको पन्ध्रौ बर्ष भएछ । 

सुरुका केही बर्ष व्यस्ततामै भुले तर पछिल्लो समय तिम्रो धेरै याद आउन थालेको छ । कतै यो भौतिक सुविधालाई भेट्ने लालचताको दौड छोडेर तिमी गुञ्जिने डाँडाकाँडा तिरै फर्किनु पर्छ कि जस्तो लागिरहेको थियो, तर.....तर....तर तिमीलाई त अदालत पुर्याएरे , तिम्रो निशाना त्यो अध्यात्मीक भूमिबाट हटाउन अझ शब्दकोषको सानो ठाँउबाट हटाउन पाखण्डीहरु लागि परे रे , तिम्रो लागि शब्दकोषमा ठाँउ छैन रे भन्ने सुने । यो सुने देखि मेरो मन भारी भईरहेको छ । 

ॐ  तिमीलाई शब्दकोषबाट हटाउन या नहटाउन , तिमी ति अध्यात्मीक मन, बन, मठ मन्दिर अनि ऋषीहरुको आर्शिवाद बोकेका डाँडाकाँडा र खोलानदीलाई नछोड्नु है । 

ॐ  मैले पनि भारी मन लिएर नफर्किने निर्णय गरे । किनकी तिमी जस्तो ब्रह्माण्डलाई सकरात्मकताको ध्वनीले कम्पन गराउने  ॐकारलाई त शब्दकोषमा सम्म ठाँउ छैन भने म जाबो मुङ्गलान भासिएकी नारीलाई के ठाँउ होला र ? 

हाम्रो नेपाली समाजमा पछिल्लो समयमा पाखण्डता बढीरहेको बेला पश्चिमाहरुको तिमी प्रतिको मोह जागिरहेको देँखेको छु । सुनन, अस्ती मेरो दुई कक्षामा पढ्ने छोरीको साथीको आमा पुस्तौदेखि पश्चिमा संस्कारमा हुर्केकी महिलाले भनिन्–‘मेरो सात बर्षको छोराले प्रत्येक विहानीमा ॐकार नाम उचारण गरेर ध्यान गर्छ ।’

उनी मात्र कहाँ होर ? पश्चिमा मुलुका चिकित्सक, शिक्षक लगायत उच्च ओहोदाका व्यक्तित्वहरुले तिम्रै नामको उचारण गरेर मात्रै दिनचर्या सुरु गर्ने गर्दछन । तिम्रो प्रशंसा, अनेकताको कारणले विदेशिनु परेका नेपाली आध्यात्मिक मनहरुमा अझ धेरै गढेको छ । 

 ॐ आशा छ , त्यो न्यायपालिकाबाट तिमीले उचित न्याय पाउने नै छौं । हाम्रा ऋषीमुनीहरुको आत्माले शान्ती पाउने नै छन् । मठ ,.मन्दिर, देवालय, डाँडा काँडा र हावापानीले घाउमा मलमको शितलता पक्कै पाउनेछन । 

ॐकारं बिंदुसंयुक्तं नित्यं ध्यायंति योगिनः ।

कामदं मोक्षदं चैव ॐकाराय नमो नमः

उही तिम्रो ॐकारंको सहारामा बाँचेको एउटा सानो प्राण । 

ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ

दुर्गा उप्रेती

मेल्वन अष्ट्रेलिया