काठमाडौंः नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बिषेश अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

नेशनल पेमेन्ट गेटवे खरिदमा पौडेल र मरासिनी सहितका अधिकारीले भ्रष्टाचार गरेको आयोगको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले   अदालतमा मुद्धा दर्ता गरेको हो । 

382082194_10224767046709985_3611464293674982391_n 1

अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायकलाई प्रतिवादी कायम गरेको छ । 

सुचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र अर्थ मन्त्रालयको बजेट महाशाखाका तत्कालीन सहसचिव मधुकुमार मरासिनी समेतले पूर्वाधार नै तयार नगरी २३ करोड २७ लाख ५८ हजार ७७ मा ‘नेशनल पेमेन्ट गेटवे’ खरिद गरेका थिए । ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे (एनपिजी)अहिलेसम्म प्रयोगमा आएको छैन ।