काठमाडौँः  वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृत लिएको भन्दै १४ म्यानपावर कम्पनीलाई  निलम्बन गरेको छ। 

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार यस सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम १४ वटा संस्था निलम्बन भएका छन् भने अन्य संस्थाको हकमा अनुसन्धान जारी रहने निर्णय सोमबार भएको उनले जानकारी दिए। 

384517959_1687546258419037_2570227022850521691_n