काठमाडौंः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियर विजया लक्ष्मी पन्तलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस रिसवत माग गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको टोलीले निज बिजया लक्ष्मी पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सतुङ्गलबाट आज पक्राउ गरेको हो