काठमाडौँः नेकपा(एकीकृत समाजवादी)सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचारको अन्त्य गरीऔद्योगिक विकास नभएसम्म युवा पलायन रोक्न नसकिने बताएका छन । 

बुधबार जनकपुरमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले उक्त कुरा बताएका हुन। उनले भने, ‘यस अभियानका क्रममा समाजवाद किन आवश्यक छ ?  देशमा विकृति र विसंगती किन मौलाइ रहेको छरु यसको भण्डाफोर गर्दै आइरहेका छौं। साथसाथै यतिखेर हामीले गर्नुपर्ने कार्यहरू के के हुन् ?  त्यसको बारेमा पनि जानकारी गराउँदै आइरहेका छौं।’ 

पार्टीका सम्मानित नेता खनालले भने , ‘५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गर्यौं। ति ५८ वर्षका अनुभवहरू हामीसँग छन्। हाम्रो खल्ति र दिमागमा छन्। ति अनुभव र अभ्यासलाई आत्मसात गरेर हामी अगाडि बढ्नुपर्छ। अनि मात्रै हामीेले भन्ने गरेको समाजवाद स्थापना सम्भव छ। २०६३ को आन्दोलन सम्पन्न भएसँगै देशबाट एकात्मक राज्यसत्ताको अन्त्य र समाजवादी क्रान्तिको सुरुवात पनि त्यहि विन्दुबाट  भएको हो।’ 

नेता खनालले समाजवादी क्रान्तिका नीति, कार्यदिशा, सिद्धान्तबारे जानकारी दिन र जनतालाई जागृत गराउनका निम्ति जागरण अभियान सुरु गरिएको बताए । उनले भने , ‘समाजवादलाई लक्ष्य बनाएर हामीले यतिबेला गर्नुपर्ने कार्यहरु के हुन्रु हामीले सचेत बनेर आफूलाई अगाडि बढाउनु पर्नेछ। ’ 

db541fd0-f10c-42b7-b3ad-b45f456c2a191696419861

उनले भने -‘आज हाम्रो देशमा बेरोजगारी ब्याप्त छ। हाम्रा युवाहरू खाडी जान बाध्य छन्। विदेशिन बाध्य युवाहरूलाई हाम्रो देशमा कसरी रोक्न सकिन्छ ?  यि सारा समस्याको समाधान एउटै छ, त्यो भनेको देशलाई औधोगिकरण गर्नुपर्यो। उद्योग खोल्नुपर्यो। हाम्रो कृषि प्रणालीलाई आधुनिकिरण गर्नुपर्यो। जबसम्म उद्योग खोल्न सक्दैनौं, जबसम्म कृषिलाई आधुनिकिकरण गर्न सक्दैनौं तबसम्म हाम्रो अवस्था बदलिन सक्दैन। हामीसँग ६ हजार बढि नदीनाला छन्। तर, त्यसलाई उपभोग गर्ने हामीसँग साधान छैन। पानीजन्य उद्योग स्थापना गर्न सकेका छैनौंं।’

रोजगार सिर्जना गर्न सकेको खण्डमा मात्र देश आत्मनिर्भर बन्ने बताउँदै नेता खनालले देश विदेशी उपभोक्तावादीहरू उपभोग बनिरहेको बताए । उनले भने ‘हाम्रो देश अहिले दलाल उपभोक्तावादीहरुले उपभोग गरिरहेका छन्। यसबाट मुक्त गर्न रोजगारी सिर्जना गर्नुपर्छ। किसानलाई मल र बिउ समयमै दिनुपर्छ। हाइब्रिड बिउ बाडिन्छ, त्यसले उत्पादन बढाउँदैन। यस्ता कुरामा सरकारले निरिक्षण गर्नुपर्छ। किसानलाई सरकारले मल र बिउ अनुदान दिनुपर्छ।’ 

समाजवादी जागरण अभियान महोत्तरीमा

 नेकपा (एकीकृत समाजवादी)ले यहि असोज १४ गतेदेखि झापाबाट सुरु गरेको समाजवादी जागरण अभियान महोत्तरी आइपुगेको छ। 

अभियानमा पार्टी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, लगायत पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहेको छ। अभियानको चौथो दिन अभियानको स्वागतका निम्ति महोत्तरी उद्योग वाणिज्य संघ, मटिहानीले कार्यक्रम राखेको थियो।  

058bb3ed-5494-45d0-ba13-f0b5657d272f1696419860

बुधबार बिहान धनुषा जिल्लामा पत्रकार सम्मेलन र जिल्ला कार्यकर्ता भेलाको आयोजना गरिएको थियो। महोत्तरीको पिपरा बजारमा कोणसभा सम्पन्न गरिएको छ। जनकपुर ३५ जनाले पार्टी प्रवेश गर्नुभएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनालले २०३६ सालमा पञ्चायती व्यवस्थाका विरूद्धको संघर्षमा शहीद भएका  इगल जर्गाको सालिकमा माल्यार्पण गरे। साथै शहीद जर्गाका  दाजुभाई भिम बहादुर जर्गा, लेखराम जर्गालाई दोसल्ला ओडाएर सम्मान गरिएको  थियो।  २०१४ सालमा जन्मिनु भएका जर्गाको २२ वर्षको उमेरमा तत्कालिन राज्यले हत्या गरेको थियो। 

खतिवडाका अनुसार अध्यक्ष नेपालले नेपालको उद्योग वाणिज्य क्षेत्र संकटग्रस्त अवस्थामा रहेको बताउँदै एकीकृत समाजवादी पार्टीले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन। 

jhalnath khanal1696422350

त्यस्तै मटिहानीमा रहेको ऐतिहासिक संस्कृत महाविद्यालयले तत्कालिनसमयमा ज्ञान र चेतनाको विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको र आज पनि उक्त संस्थाको विकास आवश्यक रहेको अध्यक्ष नेपालको भनाई छ।

उद्योगा वाणिज्य संघका अध्यक्ष जितेन्द्र चौधरीले भारतको बोर्डरमा रहेको ऐतिहासिक शहर मटिहानीलाई जानीजानी पछाडि पारिएको भन्दै अध्यक्ष नेपाल र सम्मानित नेता खनालसँग यस क्षेत्रको विकासका निम्ति विशेष पहल कदमी लिन अनुरोध गरेका छन ।  

386358954_6879476272110187_5879370211021707860_n1696420932