काठमाडौंः इजरायलमा भएको आतङ्ककारी हमलामा परेका १७ जना नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत रहेको खुलेको छ । फार युनिभर्सिटी अन्तरगतको कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको र आक्रमणमा परी ९ जना नेपाली घाइते भएको उल्लेख छ, जसमध्ये तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएकोमा पछिल्लो अपडेट अनुसार ७ जनाको अवस्था ठीक रहेको, ७ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको पाइएको छ ।

  • Mofa-Isareal

“हामीलाई प्राप्त सूचनाअनुसार सूदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी गाजा बोर्डर आसपास आक्रमणमा परेका हुन् । दुई जनाको छातीमा र अरूको खुट्टा चोट देखिएको छ भनेर हामीलाई त्यहाँका विद्यार्थीले भनेका छन्”,स्रोतले भन्यो ।

परराष्ट्र मन्त्राय निकट स्रोतले घटनाको उपयुक्त उपचारका लागि कुटनीतिक पहल गरिरहेको टुरशालालाई बताएको छ । “हामी अध्ययन गर्दैछौँ, नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय भइरहेको छ”, स्रोतले भन्यो ।

अहिले पनि घटना भएको क्षेत्र आतङ्ककारीकै नियन्त्रणमा रहेको बताइएको छ भने इजरायली सेनाले घटनास्थललाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।