काठमाडौँः नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रतिनिधिसभा सांसद मेटमणी चौधरीले भ्रष्टाचार मुक्त समाज निर्माणका निम्ति समाजवादी जागरण अभियानको सुरूवात गरेको बताएका छन। 

यहि असोज १४ गते मेचिबाट सुरू भएको समाजवादी जागरण अभियान २०८० को दशौं दिन अभियान दाङ पुगेको छ। मंगलबार नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी दाङले घोराहीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै चौधरीले राणा, राजतन्त्र, पञ्चायत व्यवस्थाका विरू थारू समुदायले ठूलो योगदान पुर्याएको स्मरण गराएका हुन। 

पार्टीका अध्यक्ष माधव नेपालको नेतृत्वमा नेपालमा शान्ति, स्थापना भएको र पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले परिवर्तनलाई मास्न खोजेको चौधरीको आरोप छ। उनले भने,‘दाङ जिल्ला २००७ सालको आन्दोलनदेखि नै परिवर्तनको पक्षमा छ। पछिल्लो समय केपी ओलीको प्रतिगमनकारी कदमलाई परास्त गर्न दाङले ठूलो भूमिका खेलेको कुरा स्मरण गराउन चाहान्छु। २०७९ को आम निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्र गठबन्धनले जितेको सबैलाई थाह छ। यहाँ प्रतिगमन परास्त भयो। हामीले पराजय गरेरै छोड्यौं।’ 

नेता चौधरीले अगाडि भने,‘राजनीतिक परिवर्तन र आन्दोलनका हिसाबले मात्रै नभएर प्राकृतिक सम्पदाका हिसाबले पनि सम्पन्न छ। धारपानीमा संसारकै अग्लो शिवको त्रिशुल राखिएको छ। यस्ता तमाम सम्पदा छन्। अर्को कुरा आज नेताहरूले जे गरेपनि हुन्छ भन्ने छ। यो मनोविज्ञानि छ । सत्तामा पुग्दा बित्तिकै जे पनि गर्न मिल्दैन। यहि कसैले यस्तो गर्छ भने २०र२५ वर्षपछि पनि थाहा हुन्छ।ु

नेता चौधरीले भने,ुयो देशको मुख्य समस्या भनेको भ्रष्टचार हो। यसको अन्त्य आजको आवश्यकता हो। भ्रष्टचार मुक्त नेपाल स्थापनाका निम्ति हामीले यो अभियान सुरू गरेका हौं। हाटेलमा बस्ने भात खाने, सडकमा हिड्ने मात्रै होइन। समाजलाई समाजवादको यात्रामा समाहित गर्ने महान लक्ष्य बोकेर यो अभियान सुरू गरिएको हो।’