काठमाडौंः सरकारले द्वन्द्वग्रस्त मुलुक इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई स्वदेश फिर्ता ल्याउन आज जहाज पठाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थीहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको चार्टर उडान पठाउने निर्णय गरेको छ ।

त्यस उडानमा परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुभई विद्यार्थीहरू सँगै फर्किने बैठकपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए । इजरायलको द्वन्द्वमा परी ज्यान गुमाएका १० जना विद्यार्थीहरूको शव नेपाल ल्याउन भने थप समय लाग्ने भएको छ ।

मृतकहरूको डीएनए परीक्षण लगायतका काम बाँकी नै रहेकोले इजरायल सरकारले तोकेका कानुनी प्रक्रियाहरू पूरा भएपछि मात्रै ल्याइने मन्त्री गुरुङले जानकारी दिए ।