इटहरीः जापानको नागोयामा एक नेपाली विद्यार्थीको दुर्घटनामा परी निधन भएको छ । मृत्यु हुनेमा तनहुँ, दमौलीका दीपक श्रेष्ठ रहेका छन् । श्रेष्ठको निधन उनको जन्मदिनमै भएको छ ।

अक्टोबर १२ जन्मदिन रहेका श्रेष्ठ सोही दिन राति कामबाट फर्कने क्रममा नागोया विबाजिमा रहेको कोठामा जाने क्रममा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

स्कुटरबाट कोठा फर्कने क्रममा सडक पार गर्दा श्रेष्ठलाई ट्रकले ठक्कर दिएपछि उपचारका लागि अस्पताल लगिए पनि राति १ बजे निधन नभएको थियो ।

समाचार अनुसार सेनमोन गाक्कोउ अध्ययनरत २२ वर्षीय दीपकको शव हाल प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।