काठमाडौँः धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ ।

सोही स्थानका हाम्रा सहकर्मी राजेन्द्र भट्टका अनुसार भुकम्पपछि लगातार पराकम्पन गईरहेको छ । जस कारण सो क्षेत्रको खरी , मैदी लगायतका बासिन्दाहरु त्रसिद भएका छन् । ठाँउ ठाँउ पहिरो पनि गएको छ । भुकम्प जाँदा धेरै जसो स्थानीयहरु दशैको महाअष्टमी पर्वको पुजा आजमा व्यस्त थिए । भूकम्प जान साथ धेरैको भागदौड मच्चिएको भट्टले बताए । 

आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।भुकम्पछि खरी क्षेत्रमा पहिरो गएको छ । 

395099827_107116412495777_3495243515890510516_n

काठमाडौँ उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । भुकम्पको धक्का महसुस इटहरी सहित कोशी प्रदेशमा पनि गरिएको छ । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।