काठमाडौंः गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन भएको छ । 

जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ, घाइतेहरू ल्याउने क्रम जारी रहेको छ । 

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११ः४७, १२ः०८,१२ः२९,१२ः३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२, ४.३  म्याग्निच्युडको भूकम्प गएको थियो ।