रुकुम पश्चिमः जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना सङ्कलन गर्दा आठविसकाेट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा ७ जनागरि ३५ जना काे मृत्यु भएको हाे ।

उहाँका अनुसार आठविसकाेट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा १२ जना मृत्यु भएको हाे । त्यस्तै सानीभेरी गाउँपालिका वडा १ मा ४ जना, वडा नम्बर २ मा १ जना र वडा नम्बर ४ मा २ जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरूको मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्ले र आठविसकाेट नगर अस्पतालमा उपचार भैईरहेकाे छ ।शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।