इटहरीः तीन विभागीय टोली र गण्डकी प्रदेश इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको क्वाटरफाइनल खेलहरूमा विजयी हँुदै नेपाल पुलिस, एपीएफ, आर्मी र गण्डकी प्रदेशले सेमीफाइनलमा स्थान सुरक्षित गरेका हुन् । शनिबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसले प्रदेश नम्बर एक माथि ३–२ सेटको सङ्घर्षपूर्ण जीत निकाल्यो ।

सो खेलमा पुलिस शुरुको २ सेट २३–२५, १७–२५ ले पराजित भए पनि त्यसपछि भएका ३ सेटमा लगातार रूपमा २५–१७, २५–२१ र २५–१२ स्कोर निकाल्दै रोमाञ्चक जीत निकाल्न सफल भयो ।

दोस्रो क्वाटरफाइनलमा एपीएफले कर्णाली प्रदेशमाथि ३–० को सोझो सेटमा सहज जीत निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । सो खेलमा एपीएफले २५–१३, २५–१६ र २५–१३ को जित निकाल्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनलमा प्रदेश नम्बर ३ माथि प्रदेश ४ ले सोझो सेटमा मा नै जीत निकाल्यो । सो खेलमा प्रदेश ४ ले २५–२०, २५–१६ र २५–२० को जीत निकाल्यो । अन्तिम क्वाटरफाइनलमा नेपाल आर्मीले पनि प्रदेश नम्बर ५ लाई ३–० को सोझो सेटले पराजित गरेको छ ।

दुवै सेमीफाइनल खेल आइतबार हुनेछन् । आइतबारको पहिलो सेमीफाइनल खेलमा २ विभागीय टिम नेपाल पुलिस र एपीएफ प्रतिष्पर्धा गर्नेछन् । अन्तिम सेमीफाइनलमा नेपाली सेना र गण्डकी प्रदेश भिड्ने भएका छन् । प्रतियोगितामा विजेताले नगद ४ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

volly ball  (1) 2