इटहरीः कोशी सरकारले मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गरेको विरुद्धमा सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ  ।  अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले कोशी प्रदेश सरकार विरुद्ध सर्वोच्चमा  रिट निवेदन दर्ता गरेका हुन् ।

अधिवक्ताद्वयले संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गरेका छन् । सवोच्चका सूचना अधिकार गोविन्दप्रसाद घिमिरेका अनुसार उक्त रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ ।

1_1712_1633_1344_955_74