काठमाडौंः एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा यहि मिति २०८१ साल असोज १८ देखि २० गते अर्थात तदानुसार सन् २०२४ अक्टोबर ४ देखि ६ तारिखमा “एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री–२०२४ प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालांमा संचालन हुन गइरहेको छ ।

गत वर्षहरुमा नेपाल रग्वी संघले नेपालको ईतिहासमा पहिलो पटक एसिया रग्वी यु १८ सेभेन्स २०२२ र दोश्रो पटक एसिया रग्वी यु  २० सेभेन्स २०२३ को सफल आयोजना गरेपछि नेपालले प्राप्त गरेकोे योे तेश्रो सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय रग्वी प्रतियोगिता हो । नेपालले विगत २०१६ देखि “एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्रि मा निरन्तर रुपमा महिला तथा पुरुष रग्वी टिमलाई सहभागि गराँउदै आईरहेको छ । गतबर्ष मित्र राष्ट्र कत्तारमा सम्पन्न भएको एसिया रग्वी सेभेन्स ट्रफ्री २०२३ मा पुरुष टिमको उत्कृष्ट प्रर्दशनमा साउदी अरेयिबा र किर्गिस्तानलाई पराजित गरेको थियो ।

नेपाल रग्वी संघलाई निरन्तर रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि स्वीकृति प्रदान गरेकोमा एसिया रग्वी प्रति रग्बी संघले हार्दिक आभार प्रकट गर्दछ । यसले भविष्यमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने बाटो खुलेको रग्बी संघले जनाएको छ । 

एसिया रग्वी सेभेन्स ट्रफ्रि– २०२४ प्रतियोगितामा एसियाका नेपालसहित २१ वटा देशहरुको सहभागिता रहनेछ । जसमा पुरुष रग्वी सेभेन्स तर्फ १८ वटा टिम र महिला रग्वी सेभेन्समा ८ वटा टिमले सहभागिता जनाउन पाउने छन् । यस प्रतियोगितामा एसियाका ४०० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागीजनाउने हँुदा नेपालमा खेल पर्यटन प्रवद्र्घन हुनेमा संघले विश्वास व्यक्त गरेको छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले एसिया रग्वीको ट्रफी प्राप्तगर्ने छन् । नेपाल रग्वी संघले गत वर्ष विश्व रग्वी महासंघको पूर्ण सदस्यता पाएपछि आप्mनो गतिविधि झन प्रभावकारी रुपमा अगाडि वढाउँदै आइरहेको छ । सन् २०२२ मा नेपालले बंगलादेशमा गएर बंगवन्धु कपमा पहिलो पटक रग्वी १५ ए साइडमा डेब्यु गरेको थियो । त्यसयता नेपालको राष्ट्रिय रग्वी १५ ए साइड टोलीले भारतमा गएर एसिया रग्वी च्याम्पियनसिप डिभिजन ३ खेलेपछि सोहि खेललाई मध्यनजर गरी विश्व रग्वी महासंघले पूर्ण सदस्यता दिएको थियो । रग्वीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १९ औं एसियाली खेलकुदमा सहभागिता जनाईसकेको छ ।