इटहरीः आईएचएफ ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३३ सदस्यीय नेपाली ह्यान्डबल टोली मंगलबार भारतको जयपुर प्रस्थान गर्दैछ ।  जुलाइ १० देखि १४ तारिखसम्म हुने दक्षिण एसियाली स्तरको प्रतियोगितामा नेपालले पुरुष यु–१८ र यु–२० उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छ ।

यु–१८ टोलीको खेलाडीमा सोनिश तामाङ, हविन छन्त्याल, रोशन विक, विवेक थापा, ऋतिक परियार, प्रसनकुमार विश्वकर्मा, केभिन गुरुङ, निशान पुन, सुन्दर फगामी, निरज गुरुङ, सुशान्त देव, मनोज थारु, रिजन श्रेष्ठ र चन्द्रबहादुर बुढा छन् ।

यु–२० मा प्रलेश गुरुङ, सुदिप घले, निशान परियार, मनीषबहादुर घर्ती, जीवन पुन, निरञ्जन राणा, दबिन जुग्जाली पुन, मिलन खवास, मनीष कार्की, भोजबहादुर मगर, सुजन घिमिरे, आकृषराज शाक्य, दीपेश खड्का र सुमित राणा रहेका छन् ।

टोली नेतामा नेपाल ह्यान्डबल संघ, तदर्थ समितिकी संयोजक कुसुमकुमारी श्रेष्ठ तथा प्रशिक्षकमा विन्दाकुमारी माहाराजी, कृष्णबहादुर शाक्य, विशाल बस्नेत र दिनेश श्रेष्ठ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले उमेरसमूहको प्रतियोगितामा जोड दिनु हो भने मात्र राष्ट्रिय टिम बलियो हुने धारणा व्यक्त गर्दै उच्च प्रदर्शनका लागि खेलाडीको हौसला बढाए । दुवै समूहमा समान ४–४ राष्ट्रको सहभागिता रहने प्रशिक्षक माहाराजीले जानकारी दिइन् ।